मुख्य सामग्रीमा जानुहोस्

क्याम्प नोउमा बार्सिलोनाका खेलाडीद्वारा बाढीपीडितको सम्झनामा मौनधारण

बार्सिलोनाका खेलाडीले क्याम्प नोउमा खेलअघि नेपालमा आएको बाढीका पीडितको सम्झनामा एक मिनेट मौनधारण गरेका छन्। क्लबले सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी दिएको छ। सोही खेलमा बार्सिलोनाले एथलेटिक क्लबलाई २–० ले हराएको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
क्याम्प नोउमा बार्सिलोनाका खेलाडीद्वारा बाढीपीडितको सम्झनामा मौनधारण
Online Khabar

काठमाडौं, १२ भदौ । स्पेनिस क्लब बार्सिलोनाका खेलाडीहरूले नेपालमा आएको बाढीका पीडितको सम्झनामा एक मिनेट मौनधारण गरेका छन्। आज बिहान बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको ला लिगाको खेलअघि खेलाडीहरूले मौनधारण गरेका हुन्।

क्लबले सामाजिक सञ्जाल एक्समार्फत फोटोसहित यो जानकारी सार्वजनिक गरेको छ। बार्सिलोनाले गत सिजनमा निधन भएका आफ्ना सदस्यहरू तथा नेपाल र चीनको सीमामा आएको विनाशकारी बाढीबाट पीडितहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको उल्लेख गरेको छ।

यो सिजनको ला लिगामा बार्सिलोनाले दोस्रो खेल एथलेटिक क्लबविरुद्ध खेलेको थियो। उक्त खेलमा बार्सिलोना २–० ले विजयी भयो। बार्सिलोनाका लागि राफिन्हाले ३७औं मिनेटमा र फेमिन लोपेजले ८२औं मिनेटमा गोल गरेका थिए।

विश्वकपपछि म्यानचेस्टर सिटीबाट बार्सिलोना आएका रोड्रीले यसै खेलमा बार्सिलोनाबाट डेब्यू गरे। उनी ६२औं मिनेटमा मैदान प्रवेश गरेका थिए। यस सिजनको सुरुवाती दुवै खेल जितेर बार्सिलोना विजयी सुरुवात गरेको छ।