दाङ, १२ भदौ । लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम बिहीबार राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन समाप्त गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिएका छन्।
प्रदेशसभाको आठौँ अधिवेशन गत १७ वैशाखदेखि सुरु भएको थियो। बिहीबार राति १२ बजेबाट प्रभावकारी हुने गरी सो अधिवेशन अन्त्य गरिएको प्रदेशसभा सचिवालयले बताएको छ।







