मुख्य सामग्रीमा जानुहोस्

भोटेकोशी बाढीपीडितका लागि पोखरा महानगरको राहत सङ्कलन अभियान

भोटेकोशी बाढीपीडितको राहतका लागि पोखरा महानगरले सहयोग सङ्कलन अभियान थालेको छ। पोखरा प्रदर्शनी केन्द्रमा शनिबारदेखि राहत सामग्री बुझाउन सकिनेछ। सङ्कलित सामग्री एकद्वार प्रणालीबाट प्रभावित क्षेत्रमा पुर्याइनेछ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
भोटेकोशी बाढीपीडितका लागि पोखरा महानगरको राहत सङ्कलन अभियान
Nagariknetwork

रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि पोखरा महानगरपालिकाले राहत सामग्री सङ्कलन अभियान अघि बढाउने भएको छ।

अभियानअन्तर्गत बाढीपीडितका लागि आवश्यक पर्ने कपडा, खाद्यान्न, बन्दोबस्तीका सामग्री, औषधिलगायत वस्तु सङ्कलन गरिनेछ। सङ्कलन तथा वितरणको काम एकद्वार प्रणालीमार्फत गरिने महानगरले जनाएको छ।

नगरप्रमुख धनराज आचार्यका अनुसार शनिबारदेखि पोखरा प्रदर्शनी केन्द्रमा राहत सामग्री सङ्कलन कक्ष सञ्चालनमा आउनेछ। सहयोग गर्न चाहने संघसंस्था तथा व्यक्तिहरूलाई उक्त केन्द्रमा राहत सामग्री पुर्याइदिन महानगरले सार्वजनिक रूपमा आह्वान गरेको छ।

सङ्कलित सामग्री सम्बन्धित निकायसँगको समन्वयमा आवश्यकताअनुसार बाढी प्रभावित क्षेत्रमा एकद्वार प्रणालीबाट पारदर्शी रूपमा वितरण गरिने बताइएको छ। यसअघि महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ४५ लाख रुपैयाँ सहयोग गरेको थियो भने अत्यावश्यक सामग्रीसहित स्वास्थ्यकर्मी र नगर प्रहरीको टोलीलाई बाढी प्रभावित क्षेत्रमा पठाएको थियो।