मुख्य सामग्रीमा जानुहोस्

भोटेकोशी बाढीपीडितलाई अमेरिकी सरकारको थप ३६ लाख डलर सहायता

भोटेकोशी बाढीबाट प्रभावित नेपालीका लागि अमेरिकी सरकारले थप ३६ लाख अमेरिकी डलरभन्दा बढी मानवीय सहायता दिने भएको छ। यो सहायताअन्तर्गत तीन महिनासम्म १० हजार बाढीपीडितलाई खाद्य सामग्री पुर्याइने छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
भोटेकोशी बाढीपीडितलाई अमेरिकी सरकारको थप ३६ लाख डलर सहायता
Nagariknetwork

अमेरिकी सरकारले भोटेकोशी बाढीबाट प्रभावित नेपालीहरूका लागि थप मानवीय सहायता उपलब्ध गराउने भएको छ। विदेश मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार नेपालका बाढीपीडितलाई ३६ लाख अमेरिकी डलरभन्दा बढीको राहत प्रदान गरिनेछ।

उक्त जीवनरक्षक मानवीय सहायताअन्तर्गत तीन महिनासम्म १० हजार बाढीपीडितलाई खाद्य सामग्री उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ। साथै, नेपाली जनताको कठिन घडीमा अमेरिकी सरकार साथमा रहेको पनि बताइएको छ।