मुख्य सामग्रीमा जानुहोस्

सार्वजनिक चासोका विषयमा बोल्दा घरमा गाडी तेर्स्याउन आउने डर भयो : वर्षमान पुन

नेकपाका नेता तथा सांसद वर्षमान पुनले सार्वजनिक चासोका विषयमा आवाज उठाउँदा घरमा गाडी तेर्स्याउन आउने हो कि भन्ने डर उत्पन्न भएको बताएका छन्। उनले सरकारप्रति व्यङ्ग्य गर्दै यो प्रवृत्ति लोकतन्त्रका लागि खतरनाक भएको उल्लेख…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
सार्वजनिक चासोका विषयमा बोल्दा घरमा गाडी तेर्स्याउन आउने डर भयो : वर्षमान पुन

काठमाडौं । नेकपाका नेता तथा सांसद वर्षमान पुनले सार्वजनिक सरोकारका विषयमा बोल्दा आफ्नो घरमा गाडी तेर्स्याउन आउने डर बढेको भन्दै सरकारप्रति व्यङ्ग्य गरेका छन्। लेखा समितिको बैठकमा पासपोर्ट ठेक्का विवादसम्बन्धी छलफलका क्रममा उनले यस्तो धारणा राखेका हुन्।

सांसद पुनले जनताका सरोकारका मुद्दामा बोल्नुपर्ने भए पनि त्यस क्रममा संविधानका मर्यादा र कार्यक्षेत्रलाई पनि ध्यान दिनुपर्ने बताए। यसो नगरे लोकतान्त्रिक संस्थाहरू कमजोर हुने उनको भनाइ थियो। उनले आफूले यही विषयमा बोलेबापत घरमा गाडी तेर्स्याउन आउने हुन् कि भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरे।

पुनले यस प्रकारको प्रवृत्तिले लोकतन्त्रलाई संकुचित बनाउँदै लगेको उल्लेख गरे। यो विषय आज कसलाई पर्‍यो भन्दा पनि यस्तो प्रवृत्ति मौलाउनु सबैभन्दा डरलाग्दो भएको उनको ठहर छ। लोकतन्त्रमा बोल्ने स्वतन्त्रता र अभिव्यक्ति दिने अधिकार सुनिश्चित हुनुपर्नेमा उनले जोड दिए। उनले शक्ति सधैँ एउटै व्यक्ति वा समूहसँग नरहने पनि बताए।