मुख्य सामग्रीमा जानुहोस्

निर्देशक विशाल भण्डारीद्वारा बालेन शाह सरकारको आलोचना: 'स्टन्टबाजी' छाड्न सुझाव

निर्देशक विशाल भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। उनले न्यूरोड र मिडिया हाउस अगाडिको पार्किङ व्यवस्थापनलाई 'सस्तो स्टन्ट' को संज्ञा दिँदै मेयर शाहलाई 'बचपना' त्याग्न सुझाव…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar

कलाकार तथा निर्देशक विशाल भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कार्यशैलीप्रति कडा टिप्पणी गर्दै 'स्टन्टबाजी' त्याग्न सुझाव दिएका छन्। उनले हालै न्यूरोड क्षेत्रमा गरिएको दुई पाङ्ग्रे सवारी पार्किङ व्यवस्था र मिडिया हाउसका गेटमा गराइएको चार पाङ्ग्रे सवारी पार्किङलाई बालेन सरकारको अहिलेसम्मकै 'सबैभन्दा सस्तो स्टन्ट' को रूपमा व्याख्या गरेका छन्।

'कमेडी नाइट विथ च्याम्पियन' का निर्देशक भण्डारीले सामाजिक सञ्जालमार्फत मेयर शाहलाई 'बचपना' छाड्न र गम्भीरतापूर्वक काम गर्न आग्रह गरेका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'मैले आजसम्म देखेको सबैभन्दा तल्लो स्तरको स्टन्ट न्यूरोड क्षेत्रमा गराइएको अस्तव्यस्त दुई पाङ्ग्रे पार्किङ र मिडिया हाउसको गेटमा गराइएको चार पाङ्ग्रे पार्किङ हो। सांकेतिक विरोध रे। आर यू कमेडी मी ?'

भण्डारीले मेयर शाहको १०० दिने कार्यकालमा शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता महत्त्वपूर्ण क्षेत्रमा के उपलब्धि भयो भन्दै प्रश्न उठाएका छन्। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने युवाहरूको भीड अझै पनि उस्तै रहेको भन्दै त्यसप्रति मेयर शाहको ध्यानाकर्षण गराएका छन्। 'जेनजी सरकार हुँदा पनि यो लेभलको असन्तुष्टि किन छ?' भन्दै उनले प्रश्न गरेका छन्। व्यापारीहरू पलायन भइरहेको अवस्थामा सरकारले यसलाई सम्हाल्नुपर्ने उनको भनाइ छ।

उनले मिडिया र कलाकारहरूको काम सरकारको 'गुणगान गाउनु मात्र नभएको' स्पष्ट पारेका छन्। साथै, प्रतिपक्षको भूमिका सरकारका कमीकमजोरी औंल्याउने रहेको पनि उनले उल्लेख गरेका छन्। जनताले ठूलो आशाका साथ मत दिएको स्मरण गराउँदै भण्डारीले यस्ता 'बचपनापूर्ण स्टन्टबाजी' ले जनताको आशामा तुषारापात बाहेक केही नगर्ने चेतावनी दिएका छन्। उनले समय रहँदै कर्तव्यबोध गरी कर्ममा लाग्न मेयर शाहलाई सुझाव दिएका छन्।