मुख्य सामग्रीमा जानुहोस्

इन्डोनेसियामा यात्रुवाहक जहाज डुब्दा १०३ जनाको उद्धार, १४० अझै बेपत्ता

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक जहाज डुबेपछि १४० जनाको खोजी भइरहेको छ। जहाजमा सवार २४३ जनामध्ये १०३ जनालाई उद्धार गरिएको र उद्धार गरिएकामध्ये एकजनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
इन्डोनेसियामा यात्रुवाहक जहाज डुब्दा १०३ जनाको उद्धार, १४० अझै बेपत्ता
Nagariknetwork

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक जहाज डुबेपछि बेपत्ता भएका १४० जनाको खोजी भइरहेको छ। जहाजमा सवार २४३ जनामध्ये उद्धारकर्ताले १०३ जनालाई बचाएका छन् भने उद्धार गरिएकामध्ये एकजनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्।

आइतबार बिहान खराब मौसमका कारण जहाजसँग सम्पर्क विच्छेद भएको थियो। त्यसलगत्तै जाभा सागरमा जहाज बेपत्ता भएको खबर आएको र पछि जहाज डुबेको पुष्टि भएको इन्डोनेसियाको खोज तथा उद्धार एजेन्सीले जनाएको रोयटर्सले उल्लेख गरेको छ।

एजेन्सीको बन्जारमासिन कार्यालयका प्रमुख आई पुटु सुदयानाले भिडियो वक्तव्यमार्फत विभिन्न जहाजको सहयोगमा १०३ जनालाई उद्धार गरिएको बताएका छन्। उद्धार गरिएकामध्ये केहीलाई पूर्वी जाभास्थित बन्दरगाहमा लगिने उनको भनाइ छ।

बेपत्ता यात्रुको खोजीका लागि उद्धारकर्ताले जहाजको अन्तिम अवस्थिति रहेको क्षेत्रमा टोली परिचालन गरेका छन्। खोजी कार्यमा विभिन्न जहाज र हेलिकप्टरसमेत प्रयोग गरिएको सुदयानाले जानकारी दिएका छन्।

फेरी नै मुख्य यातायात

करिब १७ हजार टापु रहेको इन्डोनेसियामा फेरी तथा यात्रुवाहक जहाज यातायातको प्रमुख माध्यम हुन्। समुद्री यात्रा हवाई यात्राभन्दा सस्तो र सहज मानिने भएकाले त्यहाँका नागरिक आवतजावतका लागि यस्ता जहाजमा निर्भर छन्।

तर समुद्री यातायातको सुरक्षा मापदण्ड प्रभावकारी रूपमा लागू हुन नसक्दा इन्डोनेसियामा दुर्घटनाको जोखिम उच्च रहने गरेको छ।