मुख्य सामग्रीमा जानुहोस्

रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज बिहान सर्वदलीय बैठक आह्वान गरेका छन् । सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन तथा विपद् जोखिम न्यूनीकरणका विषयमा…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
Online Khabar

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे सिंहदरबारमा रहेको रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।

बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल हुने बताइएको छ । यसैगरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विषय पनि बैठकको एजेन्डामा समेटिने खरेलले जानकारी दिए ।

बैठकमा कुन-कुन दललाई सहभागिताका लागि बोलाइएको छ भन्नेलगायत अन्य विवरण भने खुलाइएको छैन ।