मुख्य सामग्रीमा जानुहोस्

भोटेकोशी बाढीः पाँच हजार १४५ जना अझै सम्पर्कविहीन, एक हजार ४१० शव फेला

भोटेकोशी नदीको बाढीमा परी अहिलेसम्म एक हजार ४१० जनाको शव फेला परेको छ। पाँच हजार १४५ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाँकी शवको पहिचानका लागि डिएनए…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
भोटेकोशी बाढीः पाँच हजार १४५ जना अझै सम्पर्कविहीन, एक हजार ४१० शव फेला
Nagariknetwork

भोटेकोशी नदीमा आएको बाढीमा परी अहिलेसम्म एक हजार ४१० जनाको शव फेला परेको छ भने पाँच हजार १४५ जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन नागरिकको खोजीलाई प्राथमिकतामा राखिएको छ र खोज तथा उद्धारकार्य थप तीव्र बनाइएको छ।

प्राधिकरणका अनुसार बाढीमा परी ज्यान गुमाएका र शव फेला परेकाको जिल्लागत विवरण यस्तो छ :

  • चितवन – ३६४

  • नवलपरासी पूर्व – २३२

  • नवलपरासी पश्चिम – २२२

  • नुवाकोट – २०३

  • रसुवा – १९९

  • गोरखा – ७८

  • धादिङ – ७२

  • तनहुँ – ३८

  • फेला परेका शवमध्ये हालसम्म ११० जनाको मात्र सनाखत भएको प्राधिकरणले जनाएको छ। सनाखत हुन बाँकी शवको पहिचानका लागि डिएनए परीक्षणलगायतका प्रक्रिया अघि बढाइएको छ। बाढीमा ज्यान गुमाएका एक हजार २८६ जना तथा मृतकका आफन्त एक हजार ९४४ जनाको डिएनए नमूना सङ्कलन गरिएको छ, जसका आधारमा बाँकी शवको पहिचान गर्ने काम भइरहेको छ।

    प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म १३ हजार ७५६ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका नागरिक विभिन्न २७ होल्डिङ सेन्टरमा राखिएका छन्। तीमध्ये नुवाकोटमा ८३२, रसुवामा ८१७ र धादिङमा ९४ जना रहेको प्रवक्ता महतले जानकारी दिएका छन्।

    बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्ने र आधारभूत आवश्यकता पूरा गर्ने काममा राज्यका विभिन्न निकाय निरन्तर खटिएका छन्। सुरक्षा निकाय, स्थानीय तह तथा अन्य सरकारी र गैरसरकारी निकाय बेपत्ता नागरिकको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनमा सक्रिय रहेको प्राधिकरणले जनाएको छ।