मुख्य सामग्रीमा जानुहोस्

सडकको पेटीमा सुत्केरी घटना: मन्त्री यादवले पासवानको घर पुगेर आमा-शिशुको अवस्था बुझे, दोषीमाथि कारबाहीको प्रक्रिया सुरु

गजेन्द्रनारायण सिंह अस्पतालको गेटअगाडि सडकको पेटीमा शिशु जन्माउनुपरेको घटनामा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले पीडित परिवारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । मन्त्री यादवका अनुसार घटनामा दोषी…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
सडकको पेटीमा सुत्केरी घटना: मन्त्री यादवले पासवानको घर पुगेर आमा-शिशुको अवस्था बुझे, दोषीमाथि कारबाहीको प्रक्रिया सुरु
Nagariknetwork

गजेन्द्रनारायण सिंह अस्पतालको गेटअगाडि सडकको पेटीमा शिशुलाई जन्म दिएकी बबिता पासवानको घरमै पुगेर युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । गृहजिल्ला राजविराज पुगेका अवसरमा बिहीबार मन्त्री यादवले राजविराज नगरपालिका–१४ पर्साहीस्थित पासवानको निवासमा भेट गरेका हुन् ।

भेटका क्रममा मन्त्री यादवले अस्पतालमा भएको घटनाबारे पनि बुझेका थिए । घटनाको जानकारी पाएलगत्तै दोषी देखिएकामाथि कारबाही गर्ने प्रक्रिया अघि बढाइसकिएको उनले जानकारी दिए ।

गत बुधबार ३० वर्षीया पासवान सुत्केरी हुन अस्पताल पुगेकी थिइन् । आवश्यक रकमको जोहो गर्न नसकेपछि उनले अस्पताल परिसर बाहिर सडकको पेटीमा छोरालाई जन्म दिनुपरेको थियो । उक्त दृश्य सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत सार्वजनिक भएको थियो ।

घटनाले स्थानीयस्तरमा स्वास्थ्य सेवाको पहुँच र अस्पतालको व्यवस्थापनबारे प्रश्न उठाएको छ । मन्त्री यादवले भने आमा र शिशु दुवैको स्वास्थ्य अवस्थाबारे जानकारी लिइएको र दोषी ठहरिने जोसुकैमाथि कारबाही हुने बताएका छन् ।