मुख्य सामग्रीमा जानुहोस्

राष्ट्रसंघ महासभाको साइडलाइनमा परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डकी परराष्ट्रमन्त्री भाल्टोनेनबीच भेटवार्ता

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डकी परराष्ट्रमन्त्री एलिना भाल्टोनेनबीच भेटवार्ता भएको छ । भेटमा नेपालमा हालै आएको बाढी तथा पहिरोबाट भएको क्षतिप्रति समवेदना…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
राष्ट्रसंघ महासभाको साइडलाइनमा परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डकी परराष्ट्रमन्त्री भाल्टोनेनबीच भेटवार्ता
Online Khabar

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको साइडलाइनमा न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डकी परराष्ट्रमन्त्री एलिना भाल्टोनेनबीच भेटवार्ता भएको छ । महासभाका लागि न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री खनालले फिनल्यान्डका समकक्षी भाल्टोनेनसँग छुट्टै भेट गरेका हुन् ।

भेटवार्ताका क्रममा फिनल्यान्डकी परराष्ट्रमन्त्री भाल्टोनेनले नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोक तथा समवेदना प्रकट गरेकी छन् ।

दुई मन्त्रीबीच नेपाल–फिनल्यान्ड सम्बन्धका विविध पक्षका साथै बहुपक्षीय मञ्चमा गरिने सहकार्यका विषयमा विचार आदानप्रदान भएको छ । भेटमा आपसी हितका क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।

७ असोज, न्युयोर्क ।