मुख्य सामग्रीमा जानुहोस्

राष्ट्रसंघ महासभामा अर्जेन्टिनी राष्ट्रपति मिलेईले उठाए फकल्यान्ड टापुको विषय

संयुक्त राष्ट्रसंघको महासभामा अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईले फकल्यान्ड टापुबारे आफ्नो देशको पुरानै धारणा दोहोर्याएका छन् । अर्जेन्टिनाले लास माल्भिनास भन्ने ती टापुमा बेलायतले गरेको कब्जा र तेल उत्खननको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
राष्ट्रसंघ महासभामा अर्जेन्टिनी राष्ट्रपति मिलेईले उठाए फकल्यान्ड टापुको विषय
Online Khabar

संयुक्त राष्ट्रसंघको जारी महासभामा अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईले बेलायतको स्वशासित विदेशी भूभाग फकल्यान्ड टापुका सन्दर्भमा आफ्नो देशको धारणा राखेका छन् । अर्जेन्टिनाले सो टापुलाई लास माल्भिनास भनेर चिन्छ ।

राष्ट्रपति मिलेईले बेलायतले टापुमा अवैध रूपमा कब्जा गरेको र त्यहाँ तेल उत्खननतर्फ अघि बढ्न लागेको भन्दै असहमति जनाएका छन् । बेलायती अनुमतिपत्रअन्तर्गत सञ्चालित ‘सी लायन प्रोजेक्ट’ मार्फत उत्तरी माल्भिनास बेसिनमा पर्ने अर्जेन्टिनाको महाद्वीपीय तटमा तेल उत्खननको काम अघि बढिरहेको उनले बताए ।

यस्ता अनुमतिपत्रलाई अर्जेन्टिनाले गैरकानुनी र अवैध मान्दै आएको उनको भनाइ छ । सो कामका लागि अर्जेन्टिनाबाट कुनै अनुमति लिइएको छैन र यसलाई अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको समुद्री कानुनसम्बन्धी महासन्धि तथा अर्जेन्टिनाको घरेलु कानुनविपरीत गैरकानुनी कार्य भएको उनले जिकिर गरे ।

आफ्नो अधिकारको रक्षाका लागि शान्तिपूर्ण, व्यावहारिक र प्रभावकारी मार्ग अँगालिएको पनि राष्ट्रपति मिलेईले स्पष्ट पारे ।

यसैक्रममा उनले टापुमा बसोबास गर्ने जनसंख्याका विषयमा अर्जेन्टिनाको धारणा पुनः स्पष्ट पार्न चाहेको कुरा पनि जनाए । विवादित सार्वभौमसत्ता रहेको भूभागमा कब्जा गर्ने शक्तिले बसालेको जनसंख्या भएकाले त्यहाँ ‘आत्मनिर्णयको सिद्धान्त’ लागु हुन नसक्ने उनको तर्क छ ।