मुख्य सामग्रीमा जानुहोस्

एमाले केन्द्रीय कमिटी बैठकले ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। बुधबार ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा बसेको बैठकमा सचिवालय सदस्य, पदाधिकारी र केन्द्रीय…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
एमाले केन्द्रीय कमिटी बैठकले ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित
Online Khabar

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा बुधबार बसेको बैठकमा अध्यक्ष ओलीले प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले राखेका धारणा तथा सुझावका सम्बन्धमा स्पष्ट पारेपछि प्रतिवेदन सर्वसम्मत रूपमा स्वीकृत भएको हो।

बैठकमा पार्टी सचिवालयका सदस्य, पदाधिकारी तथा केन्द्रीय कमिटीका सदस्यहरूले राजनीतिक प्रतिवेदनलगायत समसामयिक राजनीतिक विषयमा आ–आफ्नो धारणा र सुझाव प्रस्तुत गरेको एमालेले जनाएको छ।

बैठकमा उपाध्यक्षहरू रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त, तथा उपमहासचिवहरू लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठले धारणा राखेका थिए। यसैगरी सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, डा राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेतले पनि आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए।

बैठकमा आयोगका अध्यक्षहरू भरत पहारी र डा पुष्प कँडेलले समेत धारणा राखे। यस्तै ठूलो सङ्ख्यामा केन्द्रीय सदस्यहरूले प्रतिवेदन तथा पार्टीका समसामयिक विषयमा सुझाव र धारणा राखेको एमालेले उल्लेख गरेको छ।

बिहीबार पुनः बस्ने

एमालेका अनुसार केन्द्रीय कमिटीको जारी बैठक बिहीबार दिउँसो साढे १२ बजे ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमै पुनः बस्नेछ। त्यसअघि बिहान १० बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय सचिवालयको बैठक हुने कार्यक्रम रहेको पार्टीका प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका छन्।