गत वर्षको भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका दुई जना कैदीलाई प्रहरीले सुनसरीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–२ का ३२ वर्षीय नाना भन्ने नरेश लोहनी र सोही ठाउँका ३० वर्षीय रत्न बहादुर राउत रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लोहनी झुम्का कारागारबाट फरार भएका थिए । उनलाई सुनसरीको इनरुवा नगरपालिका–४ स्थित सहमति चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
त्यस्तै काठमाडौंको जगन्नाथदेवल कारागारबाट फरार भएका राउतलाई इटहरी उपमहानगरपालिका–७ को बालग्राम चोकबाट पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले बताएका छन् । दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया अघि बढाएको छ ।







