काठमाडौं।
नेपालको सूचना प्रविधि र वैदिक ज्योतिष क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यका साथ "JOISHI" नामक एक अत्याधुनिक डिजिटल ज्योतिष सफ्टवेयर सार्वजनिक हुने तयारीमा रहेको छ।
यो सफ्टवेयर दृक (Drik) गणना तथा सूर्य सिद्धान्त (Surya Siddhanta) दुवै प्रणालीमा आधारित रहनेछ, जसले प्रयोगकर्तालाई आफ्नो आवश्यकता अनुसार गणना प्रणाली छनोट गर्ने सुविधा प्रदान गर्नेछ।
यसको विशेषता भनेको नेपालमै पहिलोपटक नेपाली, अंग्रेजी, हिन्दी र संस्कृत गरी चार भाषामा सञ्चालन हुने सुविधा हो। यसले नेपालका साथै विश्वभर रहेका ज्योतिषी, अनुसन्धानकर्ता तथा वैदिक ज्योतिषमा रुचि राख्ने सबै प्रयोगकर्तालाई सहज पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ।
सफ्टवेयरलाई मोबाइल, ट्याबलेट तथा कम्प्युटर बाट जुनसुकै स्थानबाट प्रयोग गर्न सकिनेछ। साथै तयार भएका जन्मकुण्डली, फलादेश तथा विभिन्न प्रतिवेदनहरू PDF मा डाउनलोड गर्न, Viber, WhatsApp, Email लगायत अन्य माध्यमबाट सहज रूपमा साझेदारी गर्न सकिने व्यवस्था रहनेछ।
अझै सार्वजनिक प्रयोगमा नआए पनि, JOISHI को व्यवस्थापन प्यानलको प्रारम्भिक झलकले यसमा ज्योतिषीहरूका लागि छुट्टै ग्राहक व्यवस्थापन प्रणाली (क्लाइन्ट डाइरेक्टरी) समेत रहेको देखाउँछ, जसमार्फत हरेक ग्राहकको जन्मविवरण, कुण्डली संख्या, पारिवारिक तथा मिलान रेकर्ड र अन्तिम परामर्श मिति लगायतका विवरण एकै ठाउँबाट व्यवस्थित गर्न सकिन्छ।
प्रमुख विशेषताहरू
दृक (Drik) तथा सूर्य सिद्धान्त (Surya Siddhanta) आधारित गणना
नेपाली, अंग्रेजी, हिन्दी र संस्कृत भाषाको सुविधा
मोबाइल, ट्याबलेट र कम्प्युटरबाट प्रयोग गर्न सकिने
जन्मकुण्डली तथा विस्तृत फलादेश
जीवन विश्लेषण (Life Report)
६०० भन्दा बढी वैदिक योगहरूको स्वचालित विश्लेषण
नवजात शिशुका लागि नक्षत्रअनुसार नाम सुझाव
विभिन्न दशा, गोचर तथा ग्रह विश्लेषण
ज्योतिषीहरूका लागि ग्राहक व्यवस्थापन (Client Directory) प्रणाली
PDF प्रतिवेदन तयार गर्ने सुविधा
Viber, WhatsApp, Email लगायतबाट प्रतिवेदन शेयर गर्ने सुविधा
आधुनिक AI आधारित विश्लेषण तथा सहायक सुविधाहरू
प्रयोगकर्ता मैत्री (User-Friendly) इन्टरफेस
यस सफ्टवेयरले परम्परागत वैदिक ज्योतिषलाई आधुनिक प्रविधिसँग जोड्दै ज्योतिषीय सेवा अझ छिटो, सहज र विश्वसनीय बनाउने लक्ष्य लिएको विकासकर्ता टोलीले जनाएको छ।
सफ्टवेयर सार्वजनिक भएपछि नेपालसहित विश्वभर रहेका ज्योतिषी, पण्डित, अनुसन्धानकर्ता तथा सर्वसाधारणले एउटै प्लेटफर्मबाट आधुनिक डिजिटल ज्योतिष सेवाको अनुभव लिन सक्ने विश्वास गरिएको छ।






