मुख्य सामग्रीमा जानुहोस्

रसुवाको उत्तरगयामा बाढीबाट हताहती हुनेको संख्या यकिन, ६५५ जनाको मृत्यु दर्ता प्रक्रियामा

उत्तरगया गाउँपालिकाले पालिकाभरको तथ्यांक संकलन गरी मृत्यु दर्ता प्रक्रिया सुरु गरेको छ । वडा नं १ मा मात्रै ३८६ जना मृत्यु दर्ता प्रक्रियामा रहेको पालिका अध्यक्ष माधव अर्यालले जानकारी दिएका छन् ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
रसुवाको उत्तरगयामा बाढीबाट हताहती हुनेको संख्या यकिन, ६५५ जनाको मृत्यु दर्ता प्रक्रियामा
Online Khabar

कात्तिक २२, काठमाडौं । गत भदौ १० गते परेको बाढीका कारण रसुवाको उत्तरगया गाउँपालिकामा ज्यान गुमाएकाहरूको संख्या यकिन भएको छ । पालिकाभर सम्पर्कविहीन भएकामध्ये हालसम्म ११ जनाको मात्रै पहिचान भएको छ भने ६५५ जनाको मृत्यु दर्ता प्रक्रियामा राखिएको छ ।

उत्तरगया गाउँपालिका अध्यक्ष माधव अर्यालका अनुसार पालिकाभित्रका सबै वडाको विवरण संकलन गरेपछि मृत्यु दर्ता प्रक्रिया अघि बढाइएको हो । बाढीबाट सबैभन्दा धेरै मानवीय क्षति वडा नं १ मा भएको छ, जहाँ ३८६ जनाको मृत्यु दर्ता प्रक्रियामा छ ।

बेपत्ता भएकाहरूको विवरण दिन वडा तथा पालिकाले सूचना जारी गरेका थिए । त्यसपछि सम्पर्कविहीन परिवारका सदस्यहरू वडा कार्यालयमा पुगेर आफ्ना आफन्त बाढीमा परेको जानकारी गराएका थिए । परिवारजनले दिएको विवरणका आधारमा पालिकाले हताहती हुनेहरूको संख्या यकिन गरेको अध्यक्ष अर्यालले बताए ।

प्राधिकरणको यकिनपछि घोषणा

पालिकाले पठाएको संख्याका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यकिन गर्ने प्रक्रिया छ । प्राधिकरणले यकिन गरेको तथ्यांकका आधारमा मन्त्रिपरिषद् बैठकले मृतक सरह घोषणा गर्ने व्यवस्था रहेको छ ।

मन्त्रिपरिषद्ले मृतक सरह घोषणा गरेपछि मृतकका परिवारले पाउने सरकारी रकम उनीहरूको बैंक खातामा जम्मा गरिने अध्यक्ष अर्यालले जानकारी दिए ।