मुख्य सामग्रीमा जानुहोस्

हिउँले सजिएको जुगल हिमाल : काठमाडौं नजिकैको अपरिचित हिमाली गन्तव्य

राजधानीबाट करिब १४० किलोमिटर उत्तरपूर्वमा पर्ने जुगल क्षेत्र हिउँले टल्किएका हिमचुचुरा र शान्त प्राकृतिक वातावरणले विशेष छ। पदयात्रा र आरोहणको सम्भावना बोकेको यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्न…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
हिउँले सजिएको जुगल हिमाल : काठमाडौं नजिकैको अपरिचित हिमाली गन्तव्य
Online Khabar

काठमाडौंबाट करिब १४० किलोमिटर उत्तरपूर्वमा अवस्थित जुगल हिमशृङ्खला प्राकृतिक सौन्दर्यले भरिपूर्ण हिमाली गन्तव्य हो। सिन्धुपाल्चोक जिल्लाको उत्तरी भेगमा नेपाल–चीन सीमाक्षेत्रसँगै फैलिएको यो हिमशृङ्खला राजधानी नजिकका आकर्षक हिमाली क्षेत्रमध्ये एक मानिन्छ।

हिउँले ढाकिएका अग्ला चुचुरा, चम्किला हिमाली पाटा र वरपरको शान्त वातावरणले जुगल क्षेत्रलाई विशेष बनाएको छ। यहाँका हिमचुचुरोले हिमाली सौन्दर्य मात्र होइन, पदयात्रा तथा पर्वतारोहणका सम्भावना पनि बोकेका छन्।

काठमाडौंसँग तुलनात्मक रूपमा नजिक रहे पनि जुगल क्षेत्र अझै धेरैका लागि अपरिचित गन्तव्य हो। पछिल्लो समय स्थानीय पर्यटन व्यवसायी तथा सरोकारवालाले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने प्रयास गरिरहेका छन्।

जुगल हिमालका यिनै मनमोहक दृश्य सन्जित फलानाले आफ्नो क्यामेरामा कैद गरेका छन्। हिउँले टल्किएका हिमचुचुरा र प्रकृतिको अनुपम छटाले सजिएका ती तस्बिरमा जुगल क्षेत्रको सुन्दरता झल्किन्छ।