मुख्य सामग्रीमा जानुहोस्

बल्खु–दक्षिणकाली–हेटौंडा सडकमा सवारीका लागि नयाँ समय, बेलुका ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने भाडाका तथा सार्वजनिक सवारीसाधनका लागि नयाँ सञ्चालन समय तोकिएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले विज्ञप्तिमार्फत यसबारे जानकारी गराएका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

०पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
बल्खु–दक्षिणकाली–हेटौंडा सडकमा सवारीका लागि नयाँ समय, बेलुका ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने
Online Khabar

काठमाडौं, २७ कात्तिक । बल्खु–दक्षिणकाली हुँदै हेटौंडा पुग्ने सडकमा चल्ने यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधनका लागि नयाँ सञ्चालन समय तोकिएको छ। जिल्ला सुरक्षा समिति काठमाडौंको निर्णयका आधारमा यो व्यवस्था लागू गरिएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले विज्ञप्ति जारी गर्दै नयाँ समयसीमाबारे जानकारी गराएका छन्। तोकिएको समयभित्रै सवारी सञ्चालन गर्नुपर्ने र त्यसको अनुगमन गरिने विज्ञप्तिमा उल्लेख छ।

नयाँ व्यवस्थाअनुसार उक्त रुटमा चल्ने यात्रुवाहक सवारीसाधनले बेलुका ८ बजेसम्ममा फर्पिङस्थित प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ। त्यसैगरी बिहान ५ बजेदेखि मात्र बल्खुबाट ती सवारी छुटाउन पाइने निर्णयमा जनाइएको छ।

यसैगरी सवारीसाधनको अवस्था पूर्ण रूपमा जाँच गरेपछि मात्र सञ्चालनमा पठाउने निर्णय पनि भएको छ। काठमाडौं जिल्लाभित्र पर्ने उक्त रुटका प्रहरी युनिट तथा ट्राफिक प्रहरीले हरेक भाडाका र यात्रुवाहक सवारीको अनिवार्य रूपमा चेकजाँच गर्ने व्यवस्था मिलाउने पनि विज्ञप्तिमा उल्लेख छ।