मुख्य सामग्रीमा जानुहोस्

लुम्बिनी प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर

लुम्बिनी प्रदेश सरकारले प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । भरतमणि पाण्डेलाई आन्तरिक मामिला तथा कानुन, सुशीला अर्याललाई सामाजिक विकास र दिवाकर भण्डारीलाई शिक्षा तथा सामाजिक विकास निर्देशनालयको जिम्मेवारी दिइएको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
लुम्बिनी प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर

बुटवल — लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सचिवहरूको जिम्मेवारीमा फेरबदल गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शुक्रबार देउखुरीमा बसेको बैठकले तीन जना सचिवको जिम्मेवारी सारेको हो ।

बैठकले प्रदेश सचिव भरतमणि पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको जिम्मेवारी तोकेको छ । यसअघि सो मन्त्रालयको सचिव रहेकी सुशीला अर्याललाई सामाजिक विकास मन्त्रालयको सचिव बनाइएको छ । त्यस्तै, सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारीलाई शिक्षा तथा सामाजिक विकास निर्देशनालयको जिम्मेवारी दिइएको छ ।

वित्तीय प्रगति समीक्षा

बैठकमा आर्थिक वर्ष २०८२-८३ को वित्तीय प्रगतिको समीक्षा पनि गरिएको छ । सरकारका प्रवक्ता तथा स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेका अनुसार चालुतर्फ ६७ दशमलव ७७ प्रतिशत र पुँजीगततर्फ ६६ दशमलव ८० प्रतिशत खर्च भएको जानकारी बैठकमा प्रस्तुत गरिएको थियो ।

यसैगरी, प्रमुख सचिव कृष्णप्रसाद काप्रीले संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन मुख्यमन्त्री आचार्यलाई बुझाएका छन् । प्रतिवेदनको अध्ययनपछि आगामी मन्त्रिपरिषद् बैठकबाट आवश्यक निर्णय गरिने प्रवक्ता घिमिरेले बताए ।