मिटरब्याजी साहुहरूबाट धेरै महिला यौनहिंसामा समेत परेका छन्। लक्ष्मी घिमिरेले साहु–महाजनहरूले ऋण तिर्न दबाब दिँदा महिलामाथि हिंसा र यौनशोषण गरेको घटना सुनाइन्।
उनले भनिन्, ‘साहु–महाजनले तिमीहरूले खाएपछि ऋण तिर्नु पर्दैन? लिएपछि ऋण तिर्नु पर्दैन? भन्दै हिंसा गरेका घटना धेरै छन्।’ महिलाहरूले छोरीको पढाइ बीचमै छुटाउनुपरेको र विवाहमा धेरै दाइजो दिनुपरेको पनि उनले बताइन्।
तर, मिटरब्याजविरुद्धको आन्दोलनले महिलाहरूमा ठूलो परिवर्तन ल्याएको छ। लक्ष्मी घिमिरेका अनुसार, पहिले घुम्टो ओढेर हिँड्ने अधिकांश महिला अब आन्दोलनको कारण घुम्टो फालेर राज्यसँग प्रश्न गर्न सक्ने भएका छन्। उनीहरूमा साहु–महाजन, समाज र सरकारी संयन्त्रसँग लड्ने क्षमता विकास भएको छ।

