मुख्य सामग्रीमा जानुहोस्

बिनु यादव र निहारिका राजपुतलाई भेट्न गृहमन्त्रीसँग समन्वय गर्न संसदीय समितिको गृह मन्त्रालयलाई आग्रह

सिंहदरबार गेटमा पाँच दिनदेखि धर्ना बसेका बलात्कार पीडित निहारिका राजपुत र हिंसा पीडित विनु यादवलाई गृहमन्त्री सुधन गुरुङसँग भेट्न दिन संसदीय समितिले गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ । समितिकी सभापति बास्कोटाले कुनै…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
बिनु यादव र निहारिका राजपुतलाई भेट्न गृहमन्त्रीसँग समन्वय गर्न संसदीय समितिको गृह मन्त्रालयलाई आग्रह

काठमाडौँ — कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति समीक्षा बास्कोटाले अधिकारकर्मी बिनु यादव र निहारिका राजपुतलाई गृहमन्त्रीसँग भेट्न दिनुपर्ने माग गरेकी छन् । समितिको आजको बैठकमा उनले कुनै पनि नागरिकले आफ्ना मन्त्रीलाई भेटेर माग राख्न पाउनुपर्ने र त्यसका लागि आवश्यक समन्वय गर्न गृह मन्त्रालयलाई आग्रह गरिन् ।

सप्तरी कारागारमा भएको आत्मदहको प्रयास र क्षमताभन्दा बढी कैदीबन्दीको समस्यालाई प्रशासनले हाल नियन्त्रणमा लिएको भए पनि दीर्घकालीन समाधान खोजिनुपर्ने सभापति बास्कोटाको भनाइ थियो ।

धर्ना र प्रदर्शन

सिंहदरबार गेटमा गृहमन्त्री सुधन गुरुङलाई भेटेर आफ्नो समस्या सुनाउन पाउनुपर्ने माग राख्दै बिनु यादव र निहारिका राजपुत पाँच दिनदेखि धर्नामा बसेका छन् । उनीहरूले सत्तारूढ रास्वपाको चुनाव चिह्न घन्टी बजाएर प्रदर्शन गरिरहेका थिए । यादव र राजपुतले 'आफ्ना आवाज नसुन्ने सरकारले कान खोलोस्' भन्ने सन्देश दिन खोजेको बताइन्छ ।

भेटघाटको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई अनुरोध गरिएको र नागरिकतासम्बन्धी विषय, उप्साहकोट पहिरोबाट विस्थापितको समस्या तथा यादव र राजपुतको विषयमा सम्बन्धित निकायसँग समन्वय गर्ने सभापति बास्कोटाले प्रतिबद्धता जनाइन् ।

गीत विवादमा स्पष्टीकरण

सभापति बास्कोटाले कलाकार दुर्गेश थापा र प्रियंका कार्की आबद्ध 'मास्टर्नी' गीतको विवादमा सम्बन्धित कलाकारले क्षमायाचना गरिसकेको र भिडियो आधिकारिक च्यानलबाट हटाइसकिएकाले थप प्रक्रिया आवश्यक नरहेको स्पष्ट पारिन् ।