जेन-जी आन्दोलनका कारण न्यायालयमा मुद्दा फर्स्यौटको दरमा उल्लेखनीय कमी आएको छ। आर्थिक वर्ष २०८१/०८२ को तथ्याङ्कअनुसार सर्वोच्च अदालतमा ४२ प्रतिशत, उच्च अदालतमा ७४.६१ प्रतिशत र जिल्ला अदालतमा ६६.२५ प्रतिशत मुद्दा फर्स्यौट भएको छ। न्यायाधिकरणहरूमा भने ४१.६७ प्रतिशत मुद्दा मात्र फर्स्यौट हुन सकेको छ।
अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा समग्रमा ५६.३४ प्रतिशत मुद्दा किनारा लागेका थिए। तर यसपालि फर्स्यौट दर घटेको पाइएको छ। सर्वोच्च, उच्च, जिल्ला अदालत र न्यायाधिकरण सबैमा मुद्दा फर्छ्योटको दरमा गिरावट आएको हो।
जेन-जी आन्दोलनको कारण देशभर करिब ८४ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षति भएको थियो। यस क्षतिको ठूलो असर न्यायालयमा परेको छ। आन्दोलनका क्रममा करिब ९ लाख ३६ हजार मिसिल तथा कागजात जलेर खरानी भएका थिए, जसले मुद्दा फर्स्यौटमा ढिलाइ भएको हो।
