मुख्य सामग्रीमा जानुहोस्

नेप्से पाँचौं दिन पनि बढ्यो, वृद्धिदरमा भने कमी

नेप्से परिसूचक सोमबार पनि बढेको छ, लगातार पाँचौं दिन। ४१.७० अंकले बढेर २७१९.२४ विन्दुमा पुगेको नेप्सेको वृद्धिदर भने शुक्रबारको तुलनामा कम छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

काठमाडौं — सेयर बजारको परिसूचक नेप्से सोमबार पनि उकालो लागेको छ। लगातार पाँचौं दिन बढेको नेप्से ४१.७० अंकले माथि उक्लिएर २ हजार ७ सय १९.२४ विन्दुमा पुगेको छ। यद्यपि गत शुक्रबारको तुलनामा वृद्धिदर भने कमजोर छ। शुक्रबार नेप्से ७९.७४ अंकले बढेको थियो।

सोमबारको कारोबारमा २३९ कम्पनीको मूल्य बढेको छ भने ३२ वटाको घटेको छ। ५ कम्पनीको मूल्य भने स्थिर रहेको छ। कुल ६७ हजार १ सय ५५ पटकको कारोबारमा १ करोड २२ लाख ४५ हजार ३ सय ३७ कित्ता सेयर खरिदबिक्री भएको छ। सो दिन ५ अर्ब ५१ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ।

बजारमा रहेका १३ उपसमूहमध्ये सामुहिक लगानी कोषको परिसूचक मात्रै घटेको छ भने बाँकी सबैको परिसूचक बढेको छ।