मुख्य सामग्रीमा जानुहोस्

त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सवमा विद्यार्थी प्रदर्शन, पक्राउ

त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा केही विद्यार्थीलाई पक्राउ गरिएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

त्रिभुवन विश्वविद्यालय (टियु) को ६७औँ वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंको कीर्तिपुरस्थित केन्द्रीय कार्यालयमा भएको कार्यक्रमका क्रममा प्रदर्शनरत केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

स्वतन्त्र विद्यार्थी युनियन (एफएसयु) का विद्यार्थीहरूले शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलविरुद्ध नाराबाजी गरेका थिए। कार्यक्रमस्थलमा झण्डा फहराउन आइपुगेका मन्त्री पोखरेललाई लक्षित गर्दै विद्यार्थीहरूले ‘योग्यता हेर, योग्यता’ र ‘नाबालक मुर्दाबाद’ जस्ता नारा लगाएका थिए।

प्रदर्शनकारी विद्यार्थीहरूले मन्त्री पोखरेललाई भेटेर सेनेट बैठक बोलाउन माग राख्न चाहेका थिए। तर उनीहरूलाई कार्यक्रमस्थलमा प्रवेशमा रोक लगाइएको र भेट्न जाँदा नियन्त्रणमा लिइएको बताइएको छ।

यस घटनाको तस्बिर स्कन्द गौतमले खिचेका हुन्।