मुख्य सामग्रीमा जानुहोस्

अस्कल स्ववियुले बाढीपहिरो प्रभावित विद्यार्थीलाई प्लस टुसम्म निःशुल्क पढाउने

त्रिभुवन विश्वविद्यालय मातहतको अमृत क्याम्पस (अस्कल) को स्वतन्त्र विद्यार्थी युनियनले विपद् प्रभावित विद्यार्थीका लागि प्लस टु तहसम्म निःशुल्क अध्ययनको घोषणा गरेको छ। इच्छुक विद्यार्थीलाई क्याम्पसस्थित स्ववियु कार्यालयमा…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
अस्कल स्ववियुले बाढीपहिरो प्रभावित विद्यार्थीलाई प्लस टुसम्म निःशुल्क पढाउने
Online Khabar

त्रिभुवन विश्वविद्यालय मातहत रहेको अमृत क्याम्पस (अस्कल) मा क्रियाशील स्वतन्त्र विद्यार्थी युनियनले बाढीपहिरोबाट अत्यधिक प्रभावित विद्यार्थीहरूलाई प्लस टु तहसम्म निःशुल्क अध्ययन गराउने घोषणा गरेको छ।

क्याम्पसको ७०औँ वार्षिकोत्सव तथा राष्ट्रिय विज्ञान दिवस, २०८३ का अवसर पारेर स्ववियुले विपद् प्रभावित क्षेत्रका विद्यार्थीका लागि राहतस्वरूप यो निःशुल्क छात्रवृत्ति कार्यक्रम अघि सारेको हो।

स्ववियु अध्यक्ष रुद्रहरि पोखरेलका अनुसार हालैको बाढीपहिरोबाट असर परेका रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी यो योजना ल्याइएको छ।

नाम दर्ता आह्वान

छात्रवृत्ति पाउन चाहने वास्तविक विपन्न तथा इच्छुक विद्यार्थीहरूलाई यथाशीघ्र क्याम्पसस्थित स्ववियु कार्यालयमा सम्पर्क गरी आफ्नो नाम दर्ता गराउन आग्रह गरिएको छ।

यसैबीच सात दशकदेखि विज्ञान तथा प्रविधिको प्रवर्द्धन र दक्ष जनशक्ति उत्पादनमा अमृत क्याम्पसले पुर्‍याएको योगदानको स्मरण गर्दै स्ववियुले सम्पूर्ण विद्यार्थी एवं क्याम्पस परिवारलाई शुभकामना पनि व्यक्त गरेको छ।

आज अमृत साइन्स क्याम्पसको ७०औँ स्थापना दिवस एवं राष्ट्रिय विज्ञान दिवस हो।