मुख्य सामग्रीमा जानुहोस्

एनआरएनए अध्यक्षमा महेश श्रेष्ठलाई समर्थन गर्न जन सम्पर्क समितिको आब्हान

काठमाडौं,नेपाली कांग्रेस निकट जनसम्पर्क समितिको काठमाडौंमा भएको एक भेलाले मंगलबारबाट शुरु भएको गैर आवासीय नेपाली संघ एनआरएनएको ११औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठ र उहाँको टिमलाई सहयोग गर्न आब्हान…

Tej Poudel

· अद्यावधिक: · १ मिनेटको पढाइ

एनआरएनए अध्यक्षमा महेश श्रेष्ठलाई समर्थन गर्न जन सम्पर्क समितिको आब्हान

काठमाडौं,नेपाली कांग्रेस निकट जनसम्पर्क समितिको काठमाडौंमा भएको एक भेलाले मंगलबारबाट शुरु भएको गैर आवासीय नेपाली संघ एनआरएनएको ११औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठ र उहाँको टिमलाई सहयोग गर्न आब्हान गरेको छ ।
नेपाली जनसम्पर्क समिति काठमाडौंमा भएको भेलाले अध्यक्षमा श्रेष्ठलाई समर्थन गर्न आब्हान गरेको हो

भेलामा जनसंपर्कका शुभेच्छुकहरुको सहभागिता थियो । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको ११औँ महाधिवेशनका लागि श्रेष्ठसहित चार जनाले अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । काठमाडौंको सोल्टी होटेलमा सुरु महाधिवेशन आउँदो शुक्रबारसम्म चल्नेछ ।

दुई दिन तेस्रो विश्व ज्ञान सम्मेलनपछि नयाँ नेतृत्व चयनका निम्ति बिहीबार मतदान हुने एनआरएनएले जनाएको छ । महाधिवेशनमा चार हजार २२७ मतदाता छन् ।