मुख्य सामग्रीमा जानुहोस्

हङकङलाई हराउन नेपाल ९५ रनको झिनो चुनौती पछ्याउँदै

काठमाडौँ । त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा नेपालले अहिले हङकङविरुद्ध खेलिरहेको छ । मूलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्दै हङकङमाथि हावी भएको छ । नेपालले हङकङलाई ९४ रनमै…

admin

· अद्यावधिक: · १ मिनेटको पढाइ

हङकङलाई हराउन नेपाल ९५ रनको झिनो चुनौती पछ्याउँदै

काठमाडौँ । त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा नेपालले अहिले हङकङविरुद्ध खेलिरहेको छ । मूलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्दै हङकङमाथि हावी भएको छ । 

नेपालले हङकङलाई ९४ रनमै रोक्न सफल भएको छ । हङकङले ३ बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर ९४ रन बनायो । यासिम मुर्ताजाले ३६ तथा जिसन अलीले १७ रन बनाएबाहेक कसैले पनि दोहोरो स्कोर खडा गर्न सकेनन् । 

नेपालका लागि करण केसी एक्लैले ४ विकेट लिएका छन् । उनले मात्र १५ रन खर्चेका थिए । त्यस्तै सोमपाल कामी र अबिनाश बोहराले २–२ तथा मौसम ढकाल र कुशल मल्लले १–१ विकेट लिएका छन् । 

बुधबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटनमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेर शानदार शुरूआत गरेको थियो । 

टी–२० विश्वकप छनोटको तयारीका लागि नेपाल क्रिकेट संघ क्यानले श्रृंखला आयोजना गरेको हो ।

श्रृंखलामा नेपाल, यूएई र हङकङ खेलिरहेका हुन् ।