मुख्य सामग्रीमा जानुहोस्

पेट्रोलियम पदार्थको मूल्य बृद्धि : पेट्रोलमा ३, डिजेलमा ५ र हवाई इन्धनमा २० रूपैयाँ वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। पेट्रोलमा प्रतिलिटर ३, डिजेल र मट्टितेलमा ५ तथा हवाई इन्धनमा २० रूपैयाँले मूल्य बढेको निगमले जनाएको छ। एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ। निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको हो।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर तीन रूपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर पाँच रूपैयाँ तथा आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँले मूल्यवृद्धि भएको छ।

कहाँ कति ?

मूल्य बढेपछि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल तथा डिजेलको मूल्य प्रतिलिटर दुई सय रूपैयाँ पुगेको छ। यस्तै, सुर्खेत र दाङमा प्रतिलिटर एक सय ९९ रूपैयाँ कायम भएको छ।

त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा भने पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक सय ९७ रूपैयाँ ५० पैसा पुगेको छ।

एलपी ग्यासको मूल्य यथावत्

पेट्रोलियम पदार्थको मूल्य बढाइए पनि एलपी ग्यासको मूल्य भने निगमले यथावत् राखेको छ।