मुख्य सामग्रीमा जानुहोस्

प्रिमियम इलेक्ट्रिक एसयूभी ‘बीओथ्री एक्स’ नेपाल भित्रियो

प्रिमियम इलेक्ट्रिक एसयूभी लिपमोटर ‘बीओथ्री एक्स’ नेपाल आइपुगेको छ। एकपटक पूर्ण चार्जमा ५५५ किलोमिटर रेन्ज दिने यो गाडी चाँडै सार्वजनिक गरी बुकिङ खुला गरिने भएको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर

काठमाडौं, २० साउन । प्रिमियम विद्युतीय एसयूभी लिपमोटर ‘बीओथ्री एक्स’ औपचारिक रूपमा नेपाल भित्रिएको छ। नेपालका लागि लिपमोटरको एकमात्र आधिकारिक वितरक सांघ्रिला मोटर्स प्रालिले यो गाडीलाई छिट्टै विशेष कार्यक्रमबीच सार्वजनिक गर्ने जनाएको छ।

‘इन्टेलिजेन्ट अर्बन मोबिलिटी’ अवधारणामा आधारित बीओथ्री एक्सको सार्वजनिक कार्यक्रममा सहभागीले पहिलो पटक प्रत्यक्ष अवलोकन गर्ने अवसर पाउनेछन्। कार्यक्रम सम्पन्न भएसँगै गाडीको बुकिङ खुला गरिने कम्पनीले बताएको छ।

प्राविधिक विशेषता

नेपालका विविध सडक अवस्थालाई ध्यानमा राखेर तयार पारिएको यो एसयूभीले दैनिक प्रयोग र आधुनिक प्रविधिको संयोजन प्रस्तुत गर्ने कम्पनीको दाबी छ। गाडीमा १४५ किलोवाट क्षमताको मोटर र ५६ किलोवाट–आवर क्षमताको ब्याट्री जडान गरिएको छ।

एकपटकको पूर्ण चार्जमा ५५५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ। यसमा ५१० लिटर क्षमताको बुट स्पेस, प्रिमियम इन्टेरियर र आरामदायी क्याबिन उपलब्ध छ।

सुरक्षाका लागि एडीएएस लेभल–२ प्रविधि जडान गरिएको छ। यसले सुरक्षित र स्मार्ट ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।

अन्तर्राष्ट्रिय बजारमा लिपमोटर

लिपमोटरलाई मासेराटी, जिप र प्युजोलगायत १४ अग्रणी अटोमोबाइल ब्रान्ड समेट्ने स्टेलान्टिस समूहको सहयोग प्राप्त छ। यसले अन्तर्राष्ट्रिय स्तरको विश्वसनीयता हासिल गरेको कम्पनीले जनाएको छ।

चीनको नम्बर–१ स्टार्ट–अप न्यू इनर्जी भेहिकल ब्रान्डका रूपमा परिचित लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको बताइएको छ। जुलाई महिनामा मात्रै एक लाखभन्दा बढी युनिट बिक्री भएको कम्पनीको तथ्यांक छ।

हाल लिपमोटर ४० भन्दा बढी देशमा विस्तार भइसकेको छ। कम्पनीले १,७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रमार्फत ग्राहकलाई सहज, भरपर्दो र विश्वस्त स्वामित्व अनुभव प्रदान गर्दै आएको जनाएको छ।