मुख्य सामग्रीमा जानुहोस्

महाधिवेशनमा सबैलाई समेट्ने, तर धम्की र दबाबमा नझुक्ने : सभापति थापा

कांग्रेस सभापति गगन थापाले आगामी महाधिवेशनमा सबै पक्षलाई समेटेर लैजाने बताएका छन्। तर धम्की, दबाब र फकाउने प्रयासलाई भने अस्वीकार गर्ने उनको अडान छ। असोज १६–१९ मा हुने महाधिवेशनको मिति यथावत रहने उनले स्पष्ट पारेका छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:eKantipur

काठमाडौँ — कांग्रेस सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेभित्रै सम्पन्न हुने जानकारी दिएका छन्। साथै उनले महाधिवेशनलाई सबै पक्षको सहभागितामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

आइतबारदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकको सुरुमा बोल्दै उनले महाधिवेशन विधानकै दायराभित्र रहेर सम्पन्न गर्ने बताए। महाधिवेशन व्यवस्थापन समिति गठन गर्दा पार्टीभित्रका असन्तुष्ट समूहलाई पनि समेट्न आफू तयार रहेको उनको भनाइ थियो। उनले आफूलाई विधान र त्यसका सीमाबारे पूर्ण जानकारी रहेको उल्लेख गर्दै विधानकै दायरामा रहेर अघि बढ्ने प्रतिबद्धता दोहोर्mयाए।

पार्टीको महाधिवेशनमा सहभागी हुने र नहुने दुवै समूहको उत्तिकै भूमिका रहने भन्दै उनले सदस्यता, निर्वाचन र लजिस्टिक व्यवस्थापनमा सबैको चित्त बुझ्ने गरी काम गर्ने बताए। तर महाधिवेशनको नाममा हुने दबाब, धम्की वा फकाउने प्रयासप्रति आफू नझुक्ने उनको अडान छ।

महाधिवेशन मिति र सदस्यता अद्यावधिक

सभापति थापाले केन्द्रीय महाधिवेशनको मिति तोकिएकै समयमा कायम रहने बताए। मिति घटबढ गर्ने अधिकार आफूहरूलाई नरहेको भन्दै उनले असोज १६ देखि १९ गतेसम्म महाधिवेशन हुने स्पष्ट पारे।

पार्टी सदस्यता अद्यावधिकका लागि भने समय थपिएको छ। पार्टी एकताका दृष्टिले सबैले सदस्यता अद्यावधिक गर्न पाउनुपर्ने भन्दै समय बढाइँदै आएको उनको भनाइ छ। कतिपय जिल्लामा अद्यावधिक गर्न छुटेकाहरू अहिले तयार भएकाले थप समय निर्धारण गरिएको उनले जानकारी दिए।

सर्वोच्च अदालतको आदेशबारे

सर्वोच्च अदालतको पछिल्लो आदेशले महाधिवेशनमा कुनै असर नपार्ने सभापति थापाको भनाइ छ। उनले अदालतको आदेशले महाधिवेशन प्रक्रिया नरोकिने बताउँदै विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशन सम्पन्न भइसकेको तर्क गरे। अदालतमा आफ्ना कुरा स्पष्ट रूपमा राख्ने पनि उनले जानकारी दिए।