मुख्य सामग्रीमा जानुहोस्

कतारको अल खोरमा नयाँ शोरुम सञ्चालन गर्दै विक्टोरिया गोल्ड एण्ड डायमन्ड

दोहा – सुन–चाँदी व्यवसायमा सन २०२० बाट सक्रिय विक्टोरिया गोल्ड एण्ड डायमन्डले कतारको अल खोरमा आफ्नो नयाँ शाखा विस्तार गर्ने घोषणा गरेको छ। सेप्टेम्बर ४, बिहीबार राति सनैया स्थित फुलबारी स्पेसिस रेष्टुरेन्टमा आयोजित…

admin

· अद्यावधिक: · २ मिनेटको पढाइ

कतारको अल खोरमा नयाँ शोरुम सञ्चालन गर्दै विक्टोरिया गोल्ड एण्ड डायमन्ड

दोहा – सुन–चाँदी व्यवसायमा सन २०२० बाट सक्रिय विक्टोरिया गोल्ड एण्ड डायमन्डले कतारको अल खोरमा आफ्नो नयाँ शाखा विस्तार गर्ने घोषणा गरेको छ। सेप्टेम्बर ४, बिहीबार राति सनैया स्थित फुलबारी स्पेसिस रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमार्फत नयाँ शाखाबारे औपचारिक जानकारी दिइयो।

सञ्चालक रोशन अर्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ कतारका सदस्यहरू, नेपाली महिला समाज कतारकी अध्यक्ष माया केशी, अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारका अध्यक्ष अजमत अली, गण्डकी प्रदेश समन्वय समितिका अध्यक्ष नन्दलाल विक, एनआरएनए कतारका द्वितीय उपाध्यक्ष, समाजसेवी, पत्रकार तथा कन्टेन्ट क्रियटरहरूको उपस्थिति रहेको थियो।

भारतको केरलाका नागरिक मुहम्मद फैसल विक्टोरियाले सञ्चालन गरेको यो व्यवसाय पाँचौँ शाखाका रूपमा अल खोरमा विस्तार हुँदैछ। सफारी मार्केट नजिकै डाउनटाउनको ग्राउन्ड फ्लोरमा सञ्चालनमा ल्याइने नयाँ शाखा आगामी सेप्टेम्बर १२, शुक्रबार साँझ भव्य रूपमा उद्घाटन गरिनेछ। कम्पनीका सञ्चालक फैसलले नेपाली समुदायको साथ र माया नै आफ्नो सफलताको आधार रहेको उल्लेख गर्दै प्रत्येक शाखामा नेपाली कारीगरलाई रोजगारी दिइएको जानकारी दिए।

पत्रकार सम्मेलनमा प्रारम्भमै विक्टोरियाबाट सुन खरिद गरी नेपाल लैजाने ग्राहकहरूको अनुभव पनि सुनाइयो। समुदायका बक्ताहरूले विक्टोरिया गोल्ड एण्ड डायमन्डलाई केवल व्यापारिक संस्था नभई नेपाली समाजसँग आत्मीय सम्बन्ध गाँसिएको संस्थाका रूपमा प्रशंसा गरे। नेपालीहरूको दुःख–सुखमा निरन्तर सहयोग गर्दै आएकोमा आभार व्यक्त गर्दै भविष्यमा पनि त्यस्तै योगदानको अपेक्षा राखियो।

व्यवसाय सुरु भएको पाँच वर्षमै १०० भन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिन सफल विक्टोरियाले अल खोर शोरुममा २० जना कर्मचारी रहने जनाएको छ। कम्पनीका उत्पादनहरू दक्ष कारीगरहरूले आधुनिक ढंगले डिजाइन गर्ने भएकाले लोकप्रिय छन्। हाल कम्पनीले सिंगापुर, दुबई र स्विट्जरल्यान्डबाट सुन आयात गर्दै आएको छ।

उद्घाटन दिन विशेष अफरअन्तर्गत २४ क्यारेटका ५० ग्रामभन्दा कम गहनामा ५० प्रतिशतसम्म छुट, १०० ग्रामभन्दा बढी खरिदमा मेकिङ चार्ज फ्री, र २०० ग्रामभन्दा बढी खरिद गर्ने ग्राहकलाई सुनको विशेष “कोइन” उपहार दिने योजना छ। साथै, विक्टोरियाका विभिन्न शाखामा TikTok भिडियो बनाउने ग्राहकहरूको नाम गोलाप्रथामा राखी पाँच विजेतालाई आकर्षक पुरस्कार प्रदान गरिने जानकारी दिइएको छ।

कार्यक्रममा मोरङका मोहम्मद सैयदले सुन लगेर नेपाल जाँदा विमानस्थलमा भोग्नुपरेका कठिनाइबारे कुरा उठाउँदै मिडियाले आवाज बुलन्द गर्न आग्रह गरे। पत्रकार रोशन अर्यालले कतारबाट कसैको पनि भरिया बनेर गहना नबोक्न आग्रह गर्दै सुरक्षित र पारदर्शी व्यापारमा जोड दिए। सञ्चालक फैसलले पनि सुन–चाँदी व्यवसाय विश्वासमै टिक्ने उल्लेख गर्दै “ग्राहकको विश्वास गुमेपछि त्यसलाई पुनः पाउन कठिन हुन्छ” भन्ने आफ्नो धारणा सार्वजनिक गरे।

यो पत्रकार सम्मेलनले कम्पनी र नेपाली समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ। कम्पनीले नयाँ सुरुआतमा पनि नेपाली समुदायको निरन्तर साथ र सहभागिताको अपेक्षा राखेको छ।