मुख्य सामग्रीमा जानुहोस्

पाँच महिनायताकै धेरै ग्यास बिक्री, साउनमा ४० लाख सिलिन्डर पार

नेपाल आयल निगमले साउन महिनाको ग्यास आयात तथा बिक्री विवरण सार्वजनिक गरेको छ। असारको तुलनामा साउनमा करिब ९ लाख सिलिन्डर बढी ग्यास बिक्री भएको देखिएको छ। निगमले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
पाँच महिनायताकै धेरै ग्यास बिक्री, साउनमा ४० लाख सिलिन्डर पार
Online Khabar

काठमाडौं, भदौ ३ । नेपाल आयल निगमले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनामा ५७ हजार ३ सय १६ टन ग्यास आयात तथा बिक्री भएको छ । सो परिमाण ४० लाख ३६ हजार ३ सय ६४ सिलिन्डर बराबर हो ।

असार महिनामा ३१ लाख ३६ हजार ९ सय ३७ सिलिन्डर ग्यास आयात तथा बिक्री भएको निगमको तथ्यांकले देखाएको छ । यस आधारमा साउनमा असारको तुलनामा करिब ९ लाख सिलिन्डर बढी ग्यास बिक्री भएको हो । चैतयताको अवधिभित्र यो सबैभन्दा उच्च बिक्री हो ।

निगमको विवरणअनुसार चैत २०८२ मा २७ लाख ३२ हजार ३ सय ५५ सिलिन्डर ग्यास बिक्री भएको थियो । वैशाखमा घटेर २२ लाख ५७ हजार ४ सय ९६ र जेठमा २३ लाख १२ हजार ८ सय ३७ सिलिन्डरमा झरेको थियो । असारदेखि भने माग बढ्न थालेको देखिन्छ ।

आगामी दिनमा ग्यासको आयात अझै बढ्ने भएकाले निगमले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ ।