प्रोटोन नेपालले आफ्नो विद्युतीय सवारी ई.एम.एएस ५ का लागि 'रिडिफाइन योर एभ्रीडे' टेलिभिजन विज्ञापन अभियान सुरु गरेको छ। नेपालमा प्रोटोन सवारीको आधिकारिक वितरक जगदम्बा मोटर्सले उक्त अभियान सार्वजनिक गरेको हो।
अभियानमा काम, परिवार, सृजनात्मकता र यात्रा विषयमा आधारित चार कथा समावेश छन्। यी कथाहरुमार्फत ई.एम.एएस ५ को स्थान, आराम र बहुमुखी प्रयोगले दैनिक जीवनका विभिन्न पक्षमा कसरी सहयोग पुर्याउँछ भन्ने देखाउने प्रयास गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ई.एम.एएस ५ प्रति ग्राहकको बलियो चासो र बुकिङ प्राप्त भएपछि यो अभियान सुरु गरिएको हो।
ई.एम.एएस ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। यसमा रियर-व्हील ड्राइभ, जी-ट्र्याक्सन कन्ट्रोल, ३२ स्टोरेज कम्पार्टमेन्ट, ७० लिटरको फ्रन्ट ट्रंक, १४.६ इन्चको फुल-एचडी टचस्क्रिन र भेहिकल-टु-लोड (V2L) क्षमता जस्ता सुविधाहरु रहेका छन्।
अभियानको मुख्य फिल्म सार्वजनिक भइसकेपछि आगामी हप्ताहरुमा चार छोटा फिल्महरु प्रोटोन नेपालका डिजिटल प्लेटफर्महरुमार्फत सार्वजनिक गरिने कम्पनीले बताएको छ।







