मुख्य सामग्रीमा जानुहोस्

साउनमा एक खर्ब ८७ अर्बको वस्तु आयात, ३८ अर्ब ७० करोडको निर्यात

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा एक खर्ब ८७ अर्बभन्दा बढीको वस्तु भित्रिएको छ भने ३८ अर्ब ७० करोडभन्दा बढीको वस्तु निर्यात भएको छ । आयात ३१ प्रतिशत र निर्यात ६१ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
साउनमा एक खर्ब ८७ अर्बको वस्तु आयात, ३८ अर्ब ७० करोडको निर्यात
Online Khabar

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मुलुकमा भित्रिएको वस्तु तथा सामानको मूल्य एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको साउनको तुलनामा आयात ३१ दशमलव ०४ प्रतिशतले बढेको हो । गत आवको सोही महिनामा एक खर्ब ४३ अर्ब चार करोड छ लाख ६९ हजार रुपैयाँ बराबरको वस्तु भित्रिएको थियो ।

यसै अवधिमा विदेशी बजारमा ३८ अर्ब ७० करोड ४१ लाख ४६ हजार रुपैयाँ बराबरका वस्तु तथा सामान निर्यात भएका छन् । विभागका अनुसार गत आवको साउनको तुलनामा निर्यात ६१ दशमलव ७२ प्रतिशतले बढेको हो । गत आवको साउनमा २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

आयात र निर्यात दुवैतर्फ उल्लेख्य वृद्धि देखिए पनि आयातको आधार ठूलो भएकाले व्यापार अन्तर कायमै छ । भन्सार विभागको तथ्यांकअनुसार आयातको तुलनामा निर्यात निकै कम देखिन्छ ।