मुख्य सामग्रीमा जानुहोस्

हाप्किडो विश्व च्याम्पियनसिपमा नेपाललाई एक स्वर्ण र एक कांस्य

फाइट क्योरुगी विधामा दीपक छन्त्याल स्वर्ण विजेता बनेका छन् भने मेग्मा गुरुङले कांस्य पदक हात पारेकी छन्। योसँगै नेपालले प्रतियोगितामा दुई पदक जितेको छ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

३पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
हाप्किडो विश्व च्याम्पियनसिपमा नेपाललाई एक स्वर्ण र एक कांस्य
Online Khabar

काठमाडौं, ६ भदौ । दक्षिण कोरियामा जारी ११औं विश्व हाप्किडो च्याम्पियनसिप–२०२६ मा नेपालका खेलाडीहरूले दुई पदक आफ्नो नाममा गराएका छन्। फाइट क्योरुगी विधामा दीपक छन्त्याल स्वर्ण विजेता बनेका छन् भने मेग्मा गुरुङले कांस्य पदक प्राप्त गरेकी छन्।

पुरुष ८०–८४ केजी तौल समूहमा उत्रेका दीपकले विजयी यात्रा तय गर्दै लगातार तीन खेल जितेका हुन्। उनले पहिलो चरणमा जर्मनीका खेलाडीलाई, सेमिफाइनलमा आयोजक दक्षिण कोरियाका खेलाडीलाई र फाइनलमा ब्राजिलका खेलाडीलाई पछि पार्दै उपाधि आफ्नो नाममा लेखाए। योसँगै उनी विश्व च्याम्पियन बनेका हुन्।

यसैगरी महिला ४८–५२ केजी तौल समूहमा मेग्मा गुरुङले यूके र दक्षिण कोरियाका खेलाडीलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। तर सेमिफाइनलमा थाइल्याण्डकी खेलाडीसँग पराजित भएपछि उनी कांस्य पदकमै सीमित रहिन्।

दीपकको स्वर्ण र मेग्माको कांस्यसँगै नेपालले यस प्रतियोगितामा कुल दुई पदक जितेको छ। नेपाल हाप्किडो संघका महासचिव इन्द्रबहादुर महराले यस उपलब्धिले अन्तर्राष्ट्रिय हाप्किडोमा नेपालको पहिचान थप बलियो बनाएको बताएका छन्।