मुख्य सामग्रीमा जानुहोस्

काठमाडौंमा आठौं एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

आठौं एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता शनिबारदेखि काठमाडौंमा सुरु भएको छ। चार दिनसम्म चल्ने प्रतियोगितामा २५ विद्यालयका ४५ टोली सहभागी छन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
काठमाडौंमा आठौं एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु
Online Khabar

काठमाडौं, भदौ ६। स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलको आयोजनामा आठौं एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता २०२६ शनिबारदेखि काठमाडौंमा सुरु भएको छ।

चार दिनसम्म चल्ने प्रतियोगितामा २५ विद्यालयका ४५ टोलीले भाग लिँदै छन्। यू–११ ब्वाइज, यू–१२ ब्वाइज, यू–१४ ब्वाइज र यू–११ गर्ल्स गरी चार विधामा खेलाडीहरू प्रतिस्पर्धामा उत्रिनेछन्।

उद्घाटन समारोहमा नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी खेलाडी सबिता राना मगर प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। पूर्व राष्ट्रिय खेलाडी तथा एपीएफका मुख्य प्रशिक्षक जिवेश कुमार पाण्डेको पनि समारोहमा विशेष उपस्थिति रहेको थियो। स्वस्तिश्री गुरुकुलकी प्रबन्ध निर्देशक मिना महर्जनले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरिन्।

पहिलो खेलमा आयोजक स्वस्तिश्री गुरुकुलले रोजबड स्कुललाई २–१ गोलअन्तरले पराजित गर्दै अभियानको थालनी गर्यो। रातो बंगला, पाठशाला नेपाल, जेभियर इन्टरनेसनल, जेम्स, काष्टमण्डप, राई स्कुल, ग्यालेक्सी स्कुल र हिमशिखर स्कुलले पनि अन्य खेलहरूमा सहभागिता जनाएका छन्।

सबिता राना मगरले विद्यालयस्तरका यस्ता प्रतियोगिताले युवा खेलाडीलाई प्रतिस्पर्धात्मक फुटबल खेल्ने अवसर दिने र नेपाली फुटबलको भविष्यलाई मजबुत बनाउने बताइन्। प्रतियोगिता आगामी मंगलबार समापन हुनेछ।