झापाको पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढी मूल्यका कृषिजन्य वस्तु नेपाल भित्रिएका छन्। प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले आव २०८२/८३ को विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो।
कार्यालयका अनुसार सो अवधिमा भारत, चीन, अष्ट्रेलिया र बंगलादेशबाट खाद्यान्न, दलहन, तरकारी तथा फलफूल भित्रिएका छन्। कार्यालय प्रमुख नंदकिशोर सिंहका अनुसार चारै मुलुकबाट पाँच अर्ब २६ करोड ७४ लाख बराबरको कृषिजन्य उपज आयात भएको हो। आयातित वस्तुमध्ये खाद्यान्न र दलहनको हिस्सा प्रमुख रहेको कार्यालयले जनाएको छ।
भारतबाट चामल, कोदो, गोलभेडा, काँक्रा, भेडे खुर्सानी र फर्सी आयात भएका छन्। भारत र चीनबाट भने स्याउ, भुइँकटहर, तरबुजा र नासपाती मुख्य रूपमा भित्रिएका छन्। चना र मासको दाल पनि आयात भएको कार्यालयको तथ्यांकमा उल्लेख छ।







