मुख्य सामग्रीमा जानुहोस्

आइची नागोया एसियाडमा दुई तेक्वान्दो खेलाडीसहित शरणार्थी टोली सहभागी

ओलम्पिक काउन्सिल अफ एसियाले जापानको आइची नागोयामा हुने २०औँ एसियन गेम्समा शरणार्थी टोली सहभागी गराउने भएको छ। टोलीमा दुई तेक्वान्दो खेलाडी रहनेछन् र प्रतियोगिताभर उनीहरूलाई ‘एसियन रिफ्युजी टिम’ भनिनेछ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
आइची नागोया एसियाडमा दुई तेक्वान्दो खेलाडीसहित शरणार्थी टोली सहभागी
Online Khabar

काठमाडौं, ७ भदौ । आगामी महिना जापानको आइची नागोयामा सुरु हुने २०औँ एसियन गेम्समा शरणार्थी खेलाडीको टोलीले समेत प्रतिस्पर्धा गर्ने भएको छ। ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले सो प्रतियोगितामा शरणार्थी टोली सहभागी गराउने जनाएको हो।

ओसिएका अनुसार यो टोलीमा तेक्वान्दो खेलका दुई खेलाडी सहभागी हुनेछन्। प्रतियोगिताको उद्घाटन सेप्टेम्बर १९ मा हुनेछ भने समापन अक्टोबर ४ मा हुनेछ। उद्घाटन र समापन दुवै समारोहमा टोलीको आधिकारिक नाम ‘ओसिए रिफ्युजी टिम’ प्रयोग गरिने ओसिएले बताएको छ।

प्रतियोगिताका क्रममा भने यो टोली ‘एसियन रिफ्युजी टिम (एआरटी)’ का रूपमा चिनिनेछ। टोलीका लागि आवश्यक आधिकारिक पोशाक ३६१ डिग्रीले उपलब्ध गराउनेछ।

तेक्वान्दो खेल हुने स्थलमा झण्डा प्रदर्शनको क्रममा ओमानपछि तुरुन्तै ओसिएको झण्डा राखिनेछ। त्यस्तै, एआरटीका कुनै खेलाडी स्वर्ण पदक जित्न सफल भएमा पदक वितरण समारोहमा ओसिएको झण्डा फहराइने र ओसिएकै एन्थम बजाइनेछ।

उद्घाटन समारोहको खेलाडी मार्चपासमा शरणार्थी टोली यमन ओलम्पिक कमिटीपछि र आयोजक राष्ट्र जापानको राष्ट्रिय ओलम्पिक कमिटीभन्दा अघि रंगशालामा प्रवेश गर्नेछ।

२०औँ एसियन गेम्स सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आइची नागोयामा आयोजना हुनेछ।