मुख्य सामग्रीमा जानुहोस्

पुरुष भलिबल फ्रेन्चाइज लिग एनभीएलको ट्रफी सार्वजनिक

नेपालको पहिलो पुरुष भलिबल फ्रेन्चाइज लिग एनभीएलको ट्रफी पाटन दरबार क्षेत्रमा सार्वजनिक गरिएको छ। यो ट्रफी वसन्तपुर दरबार क्षेत्र र भक्तपुर दरबार स्क्वायरमा पनि प्रदर्शन गरिएको छ। केडिया ग्रुपको आयोजनामा भदौ १९ देखि २७…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
पुरुष भलिबल फ्रेन्चाइज लिग एनभीएलको ट्रफी सार्वजनिक
Online Khabar

देशमै पहिलो पटक पुरुष भलिबलको फ्रेन्चाइज प्रतियोगिताका रूपमा हुन लागेको नेपाल भलिबल लिग (एनभीएल) को ट्रफी भदौ ७ गते सार्वजनिक गरिएको छ। ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ट्रफीको अनावरण गरे।

त्यस्तै, उक्त ट्रफी काठमाडौंको वसन्तपुर दरबार क्षेत्र र भक्तपुर दरबार स्क्वायरमा पनि प्रदर्शनका लागि राखिएको थियो।

केडिया ग्रुपको आयोजनामा हुने एनभीएलको पहिलो संस्करण भदौ १९ देखि २७ गतेसम्म चल्नेछ। प्रतियोगितामा सहभागी हुने छ टोली यी हुन्:

  • सगरमाथा स्म्यासर्स

  • मधेश वारियर्स

  • काठमाडौं रेड्स

  • अन्नपूर्ण स्पाइकर किङ्स

  • कर्णाली शिवराज

  • खप्तड फाल्कन्स सुदूरपश्चिम