मुख्य सामग्रीमा जानुहोस्

बर्नमाउथविरुद्ध २–१ को पुनरागमन जितसहित सिटीको सिजन सुरुआत

मार्कस ट्राभेनियरको गोलबाट बर्नमाउथले अग्रता लिए पनि म्यान्चेस्टर सिटीले खेलको अन्त्यतिर उत्कृष्ट पुनरागमन गर्दै २–१ को जित हासिल गर्‍यो। मार्क गेहीले बराबरी गोल गरे भने इन्जुरी समयमा जोस्को भार्डियल निर्णायक साबित भए।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
बर्नमाउथविरुद्ध २–१ को पुनरागमन जितसहित सिटीको सिजन सुरुआत
Online Khabar

इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमै म्यान्चेस्टर सिटीले उत्साहजनक पुनरागमन जित दर्ता गरेको छ। आइतबार साँझ आफ्नै मैदान इतिहाद स्टेडियममा सिटीले एएफसी बर्नमाउथलाई २–१ ले हराएको हो।

अतिथि बर्नमाउथले खेलको २६औं मिनेटमा अग्रता लिएको थियो। मार्कस ट्राभेनियरको गोलमा पाहुना टोली अगाडि निस्कियो। त्यसपछि पहिलो हाफको बाँकी समयमा कुनै गोल नहुँदा बर्नमाउथले १–० को बढतसहित विश्राममा गयो।

दोस्रो हाफमा पनि लामो समयसम्म सिटीले बराबरी गर्न सकेन। खेलको ८५औं मिनेटमा भने मार्क गेहीले गोल गर्दै सिटीलाई बराबरीमा ल्याए।

निर्णायक मोड इन्जुरी समयमा आयो। थपिएको समयको दोस्रो मिनेटमा जोस्को भार्डियलले गोल गरेपछि सिटीले पुनरागमन गर्दै २–१ को जित हात पार्यो।