मुख्य सामग्रीमा जानुहोस्

वियंका राईलाई १३औं पूर्णमान वज्राचार्य टेबलटेनिसको कलेज महिला सिंगल्समा स्वर्ण

१३औं पूर्णमान वज्राचार्य खुला टेबलटेनिस प्रतियोगितामा महेन्द्र रत्न क्याम्पसकी वियंका राई कलेज महिला सिंगल्स च्याम्पियन बनेकी छन् । फाइनलमा उनले आफ्नै क्याम्पसकी आस्मा पहरीलाई हराइन् ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
वियंका राईलाई १३औं पूर्णमान वज्राचार्य टेबलटेनिसको कलेज महिला सिंगल्समा स्वर्ण
Online Khabar

काठमाडौं, ९ भदौ । १३औं पूर्णमान वज्राचार्य खुला टेबलटेनिस प्रतियोगितामा महेन्द्र रत्न क्याम्पसकी वियंका राईले कलेज महिला सिंगल्सतर्फ स्वर्ण पदक जितेकी छन् ।

फाइनलमा वियंकाले आफ्नै क्याम्पसकी आस्मा पहरीलाई पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाइन् । यस विधामा एसियनकी अर्पिता महर्जन र जेभियरकी यानु श्रीष संयुक्त तेस्रो भइन् ।

यू–१४ ब्वाइज सिंगल्समा डीएभीका रिभानमुनि वज्राचार्य विजेता बने । उनले फाइनलमा एभीएमका स्वर्णिम शाक्यलाई पछि पारे । प्रोक्सिमाका नयन ललुवा र प्रिमियरका विशाल बस्नेत संयुक्त तेस्रो स्थानमा रहे ।

यू–१४ गर्ल्स सिंगल्समा एभीएमकी श्रृया शाक्यले स्वर्ण पदक जितिन् । तयाबुङमा राईले रजत पदक हात पारिन् भने आरम्भ संस्कारकी प्राज्ना महर्जन र यमिला श्रेष्ठ कांस्य पदकमा सीमित रहे ।

यू–१६ ब्वाइज सिंगल्सतर्फ भासराका रिजन शाक्य पहिलो भए । एभरेष्टका आर्यन शाही दोस्रो हुँदा आरम्भका निश्चल थापा र प्राइमका सुगम पौडेल संयुक्त तेस्रो बने ।

त्यस्तै, भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा खोल्चा पुखुका नदिमरत्न शाक्यले स्वर्ण जिते । आईटीटीएका राजेश भट्टराई रजत पदकमा सीमित भए । सीवाइसीटीटीका किरण ब्यञ्जनकार र कीर्तिपुरका जयराम महर्जन संयुक्त तेस्रो रहे ।

टिम इभेन्टका विजेता

टिम इभेन्टतर्फ कलेज महिलामा महेन्द्र रत्न क्याम्पस च्याम्पियन बन्यो । एभीएम दोस्रो तथा प्रिमियर र विश्व आदर्श संयुक्त तेस्रो भए ।

स्कुल ब्वाइज टिममा आरम्भ पहिलो, प्राइम दोस्रो तथा एभीएम र सृष्टि एकेडेमी तेस्रो स्थानमा रहे । स्कुल गर्ल्स टिममा एभीएमले उपाधि जित्दा आरम्भ उपविजेता बन्यो । ह्वाइटफिल्ड र सिर्जना ज्ञान सागर संयुक्त तेस्रो भए ।