मुख्य सामग्रीमा जानुहोस्

नेपाली पिकलबल टोली विश्वकपको पहिलो सहभागिताका लागि दानाङ प्रस्थान गर्दै

नेपाली पिकलबल टोली विश्वकपको तेस्रो संस्करणमा पहिलोपटक सहभागी हुन लागेको छ । अगष्ट ३० देखि सेप्टेम्बर ६ सम्म हुने प्रतियोगिताका लागि टोली बिहीबार भियतनामतर्फ प्रस्थान गर्नेछ ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
नेपाली पिकलबल टोली विश्वकपको पहिलो सहभागिताका लागि दानाङ प्रस्थान गर्दै
Online Khabar

८ भदौ, काठमाडौं । नेपाली पिकलबल टोलीले पहिलोपटक विश्वकपको अनुभव लिने भएको छ । तेस्रो संस्करणको पिकलबल विश्वकपमा सहभागी हुन लागेको नेपाली टोली बिहीबार भियतनामको दानाङ प्रस्थान गर्दैछ ।

प्रतियोगिता अगष्ट ३० देखि सेप्टेम्बर ६ सम्म सञ्चालन हुनेछ । सिनियर क्याटेगोरीमा हर्ष सागर तुलाधर, मणिकरत्न शाक्य, दिलभूषण पाठक, फत्तेबहादुर खड्का, शर्मिला केसी र प्रतिमा प्रधानले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

त्यस्तै, ओपन क्याटेगोरीमा ज्याक्सन सुवेदी, सन्देश श्रेष्ठ, उमिद शेर्पा, उगेन शेर्पा, दावा शेर्पा, राधेश्याम मचामसी, महेश शर्मा, सरुसा मगर, डा. दिक्षा राणा, सञ्जील कन्साकार र किरण खनाल सहभागी हुनेछन् ।

टोलीको व्यवस्थापक तथा प्रशिक्षकको जिम्मेवारी सौरभ भण्डारीले सम्हालेका छन् । यसअघि मंगलबार आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले टोलीलाई बिदाइ गर्दै सफलताको शुभकामना दिएका थिए ।