मुख्य सामग्रीमा जानुहोस्

भुटानी परराष्ट्र तथा वैदेशिक व्यापारमन्त्रीसँग नेपाली सांसदको भेटवार्ता

भुटानको थिम्पुमा आयोजित दोस्रो 'एचकेएम पार्लियामेन्टेरियन मिट'मा भाग लिन पुगेका नेपाली सांसदहरूले भुटानी मन्त्रीसँग द्विपक्षीय सम्बन्धका विविध पक्षमा कुराकानी गरेका छन्। छलफलमा पर्यटन, व्यापार, कृषि र जलवायु…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
भुटानी परराष्ट्र तथा वैदेशिक व्यापारमन्त्रीसँग नेपाली सांसदको भेटवार्ता
Online Khabar

काठमाडौं, ९ भदौ । भुटान भ्रमणका क्रममा नेपालको प्रतिनिधिसभाका सांसदहरूको टोलीले भुटानका परराष्ट्र तथा वैदेशिक व्यापारमन्त्री डीएन ढुंगेलसँग भेटवार्ता गरेको छ।

भेटमा नेपाल र भुटानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा पर्यटन, व्यापार, कृषि, जलवायु परिवर्तन, प्राकृतिक स्रोत संरक्षण र संस्कृतिका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको प्रतिनिधिसभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले जानकारी दिए।

सांसदहरूको टोली हिमालय क्षेत्रको वातावरणीय जलवायु अनुकूलन र दिगो सहकार्यका विषयमा थिम्पुमा जारी दोस्रो 'एचकेएम पार्लियामेन्टेरियन मिट'मा सहभागी हुन भुटान पुगेको हो।

यसै क्रममा नेपाली सांसदहरूले भुटानको कृषि तथा पशुपालन मन्त्रालयका सचिवसँग पनि भेट गरेका छन्। सो भेटमा द्विपक्षीय कृषि व्यापार, भुटानको रातो चामल र रातो आलु, जैविक उत्पादन तथा कृषि क्षेत्रको अनुभव र प्रविधि आदान–प्रदानजस्ता विषयमा कुराकानी भएको सांसद चौधरीले बताए।

नेपाल र भुटानबीच कृषि सहकार्य र व्यापारलाई थप विस्तार गर्ने विषयमा दुवै पक्षबीच विचार आदानप्रदान भएको उनको भनाइ छ।