१० भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीपछि प्रधानमन्त्री कार्यालयले सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको छ। प्रधानमन्त्री बालेन शाहको सचिवालयले सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन भनिएको जानकारी दिएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बुधबार बिहान करिब सवा ९ बजे एक्कासि भोटेकोशीमा ठूलो बाढी आएको थियो। तिब्बततर्फबाट आएको उक्त बाढी रसुवाबाट नुवाकोट हुँदै धादिङ, गोरखा र चितवनतिर बगेको छ।
बाढीले रसुवा र नुवाकोटको सीमामा रहेको बजार बगाएको छ। बाढीबाट ठूलो क्षति पुगेको अनुमान गरिएको छ। प्रधानमन्त्री कार्यालयले सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन भनेको हो।







