१० भदौ, काठमाडौँ । तिब्बततर्फबाट आएको बाढीले रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहान करिब ९ बजे अचानक आएको बाढीले बजारका बस्तीहरू प्रभावित भएका हुन्।
बाढीले कति क्षति पुर्याएको छ भन्ने विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ। उद्धारका लागि आवश्यक तयारी भइरहेको बताइएको छ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटका सूचना अधिकारी रूपेश प्रसाद नेपालका अनुसार बाढी नुवाकोटसम्म पुगिसकेको छ। उनले यतिखेर क्षतिको अवस्थाबारे केही भन्न नसकिने बताएका छन्। नदी तटीय क्षेत्रमा बस्ने सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ।
यसैबीच, उद्धारको तयारीका लागि जिल्ला समन्वय समितिको बैठक बसिरहेको छ।







