मुख्य सामग्रीमा जानुहोस्

रसुवा बाढी : कन्टेनर चालक घनश्याम बस्नेत सम्पर्कविहीन, परिवारको खोजी आग्रह

रसुवा बाढीपछि कन्टेनर चालक घनश्याम बस्नेत सम्पर्कविहीन भएका छन्। उनको खोजी गरिदिन परिवारले आग्रह गरेको छ। बस्नेत हेटौंडा उपमहानगरपालिका–३ का स्थायी बासिन्दा हुन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
रसुवा बाढी : कन्टेनर चालक घनश्याम बस्नेत सम्पर्कविहीन, परिवारको खोजी आग्रह
Online Khabar

११ भदौ, काठमाडौं । रसुवामा आएको बाढीपछि एक कन्टेनर चालक सम्पर्कविहीन भएका छन्। मिलन नामले चिनिने घनश्याम बस्नेत रसुवा बाढीपछि वेपत्ता भएका हुन्। उनको खोजी गरिदिनका लागि परिवारले आग्रह गरेको छ।

हेटौंडा उपमहानगरपालिका–३ घर भएका बस्नेतले मधेस प्रदेश ०२ ख ८०४१ नम्बरको कन्टेनर चलाउँदै आएका थिए। रसुवागढी नाकाबाट १० भदौमा जाँचपास गरेर हिँडेको भन्ने बुझिए पनि त्यसपछि उनी सम्पर्कविहीन भएको परिवारले बताएको छ।

बाढीपछि आफन्तसम्म पुग्न नसकेका बस्नेतको अवस्थाबारे कुनै जानकारी नभएको र उनको खोजीमा सहयोग पुर्‍याउन परिवारले आग्रह गरेको छ।