रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग गर्न यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिले ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ उपलब्ध गराएका छन्। सो रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
सहयोग रकमको चेक ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्नप्रसाद शर्माले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए।
चाउचाउ राहत वितरण
आर्थिक सहयोगसँगै कम्पनीले बाढी प्रभावित क्षेत्रमा खाद्य सामग्री पनि पुर्याएको जनाएको छ। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ३० लाख रुपैयाँ बराबरको ‘करेन्ट’ चाउचाउ राहत सामग्रीका रूपमा वितरण गरिएको कम्पनीको भनाइ छ।
अति प्रभावित क्षेत्र तथा पीडितहरू राखिएका आश्रयस्थलमा सम्बन्धित निकायमार्फत चाउचाउ उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ। आवश्यक परे थप चाउचाउ पठाएर पीडितलाई सहयोग गर्न आफू तयार रहेको पनि कम्पनीले उल्लेख गरेको छ।
विपद्को यस घडीमा आवश्यक पर्ने अन्य किसिमको सहयोग गर्न यशोदा ग्रुप इन्डस्ट्रिज प्रालि पूर्ण रूपमा तयार र प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।







