मुख्य सामग्रीमा जानुहोस्

ओडीआई बलिङ वरियतामा ललित ४०औं र सन्दीप ४६औं स्थानमा

आईसीसीले बुधबार अद्यावधिक गरेको ओडीआई बलिङ वरियतामा नेपालका दुई स्पिनरले स्थान सुधार गरेका छन् । ललित राजवंशी ४०औं र सन्दीप लामिछाने ४६औं स्थानमा पुगेका छन् ।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Online Khabar
ओडीआई बलिङ वरियतामा ललित ४०औं र सन्दीप ४६औं स्थानमा
Online Khabar

आईसीसीले सार्वजनिक गरेको नयाँ ओडीआई बलिङ वरियतामा नेपाली स्पिनरद्वय ललित राजवंशी र सन्दीप लामिछानेले आफ्नो स्थान माथि उकासेका छन् । बाँयाहाते स्पिनर ललित पाँच स्थान सुधार गर्दै ४०औं स्थानमा पुगेका छन् भने लेग स्पिनर सन्दीप तीन स्थान सुधार गर्दै ४६औं स्थानमा छन् ।

मंगलबारसम्मको प्रदर्शनलाई आधार मानेर आईसीसीले बुधबार अद्यावधिक गरेको वरियताअनुसार ललितको रेटिङ अंक ५०९ पुगेको छ । सन्दीपको रेटिङ अंक ४९१ रहेको छ ।

गत शनिबार सम्पन्न एसीसी प्रिमियर लिगमा उनीहरूले देखाएको प्रदर्शनका कारण वरियतामा सुधार भएको हो । सो प्रतियोगितामा नेपालले खेलेको ओमानसँगको सेमिफाइनल र यूएईसँगको फाइनल ओडीआई मान्यताप्राप्त खेल थिए ।

ती दुवै खेलमा ललितले समान दुई–दुई विकेट लिएका थिए । सन्दीपले भने ओमानविरुद्ध तीन र यूएईविरुद्ध एक विकेट हात पारेका थिए ।