मुख्य सामग्रीमा जानुहोस्

ऊर्जामन्त्री श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्य र केन्द्रीय सदस्यको सपथ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य र केन्द्रीय सदस्य पदको सपथ लिएका छन्। आइतबार बसेको केन्द्रीय सचिवालय बैठकअघि सभापति रवि लामिछानेले उनलाई सपथ गराएका हुन्।

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

पटक हेरिएकोटिप्पणीशेयर
स्रोत:Nagariknetwork
ऊर्जामन्त्री श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्य र केन्द्रीय सदस्यको सपथ
Nagariknetwork

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय सदस्य र केन्द्रीय सदस्य पदको सपथ लिएका छन्। आइतबार पार्टीको केन्द्रीय सचिवालय बैठक सुरु हुनुअघि सभापति रवि लामिछानेले श्रेष्ठलाई पद तथा गोपनियताको सपथ गराएका हुन्।

श्रेष्ठ गत असारमा चितवनमा सम्पन्न रास्वपाको पहिलो महाधिवेशनबाट २ हजार १२३ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। त्यसपछि भदौ ५ गते बसेको केन्द्रीय समितिको बैठकमा सभापति लामिछानेले उनलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरेका थिए। सोही पदको सपथ उनले आइतबार लिएका हुन्।

सपथपछि मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। महाधिवेशनमा दुई तिहाइभन्दा बढी मत दिएर आफूलाई केन्द्रीय सदस्यमा निर्वाचित गर्ने पार्टीका सार्वभौम सदस्यहरूप्रति उनले आभार जनाएका छन्।

सबैको साथ, सहयोग, समन्वय र सुझावलाई आत्मसात् गर्दै आफ्नो जिम्मेवारी र कर्तव्य निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।

पार्टीको केन्द्रीय सचिवालय बैठकअघि भएको यो सपथ कार्यक्रममा पार्टीका पदाधिकारीहरूको उपस्थिति रहेको जनाइएको छ।