मुख्य सामग्रीमा जानुहोस्

चन्द्रागिरिको काप्रावोट नजिक मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ मा एपीएफ एकेडेमी गेट काप्रावोट नजिकै शुक्रबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा पछाडि सवार एक जना घाइते भएका छन् र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको…

विश्वपत्र संवाददाता

· १ मिनेटको पढाइ

२पटक हेरिएको०टिप्पणी०शेयर
स्रोत:Online Khabar
चन्द्रागिरिको काप्रावोट नजिक मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
Online Khabar

काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ स्थित एपीएफ एकेडेमी गेट काप्रावोट नजिकै शुक्रबार साँझ भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका पछाडि सवार व्यक्तिको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कञ्चनपुरको बेलौरीका २५ वर्षीय रमेश चौधरी छन् । प्रहरीका अनुसार उनलाई उपचारका क्रममा शुक्रबार साँझ ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा कञ्चनपुरको पुनर्वास नगरपालिका–६ घर भई हाल काठमाडौंको कीर्तिपुरमा बस्दै आएका ४३ वर्षीय मेकबहादुर वाइबा घाइते भएका छन् । प्रहरीले उनको अवस्था मध्यम रहेको जनाएको छ ।

शुक्रबार साँझ करिब ६ बजे मकवानपुरबाट सतुङ्गलतर्फ आउँदै गरेको बा.प्र.०२–०२० प २७६६ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो । सोही क्रममा चालक चौधरी र पछाडि सवार वाइबा घाइते भएका थिए ।

घटनाको जानकारी पाउनासाथ प्रहरी प्रभाग मातातीर्थबाट खटिएको टोलीले दुवै जनाको उद्धार गरी उपचारका लागि सतुङ्गलस्थित एपीएफ अस्पताल पुर्‍याएको थियो । दुर्घटनामा परेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।